×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या माई हाइड्रोपावरले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलायो, यस्ता छन् पेस गरिने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पञ्चकन्या माई हाइड्रोपावरले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलायो, यस्ता छन् पेस गरिने एजेन्डा

Artha Sarokar

६ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलाएको छ । कम्पनीको ३ आर्थिक वर्षको वार्षिक साधारणसभा पुस २८ गते एकैदिन बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को सभा बोलाएको हो । सभा कुपण्डोल ब्यांक्वेट, ललितपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभाले ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गरिनेछ  । यस्तै सभाबाटै संस्थापक समूहको प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ । सभाका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ । पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी