काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा सेयरमा आवेदन गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । बैंकको सो सेयर बुधबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो ।
कम्पनीले असोज २५ गतेदेखि २९ गतेसम्म हकप्रद सेयरमा निष्कासन गरेकोमा सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता सेयरमा आवेदन नपरेकाले मंसिर २९ गतेदेखि लिलामीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।