काठमाडौं । बुधबार एनएमबि बैंकसहित ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबि बैंक, नेपाल एसबीआई बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यी ४ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज पुस ७ गते बुक क्लोज गरेका छन् ।
एनएमबिको सेयर मूल्य समायोजनपछिको भाउ ३ सय ३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकको १२.५०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.५% बोनस सेयर र करसहित ३.३% नगद गरी कुल १५.८% लाभांश वितरण गर्दैछ ।
यस्तै नेपाल एसबीआई बैंकको बोनस सेयर समायोजनपछिको भाउ ३ सय ४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । बैंकको ३.५०% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । यस बैंकले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१% नगद लाभांश वितरण गर्दैछ ।
यता छिमेकको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ १२ सय ४० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ । कम्पनीको २७% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । गत आर्थिक वर्षको नाफाबाट संस्थाले २७% बोनस सेयर र कर प्रयोजन सहित ३% नगद गरी कुल ३०% लाभांश वितरण गर्दैछ । गणपतिको समायोजनपछिको भाउ ११ सय ७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । यसको १९% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । गत वर्षको नाफाबाट कम्पनीले १९% बोनस र कर प्रयोजनार्थ १% नगद लाभांश वितरण गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्