काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई गत वर्षको नाफाबाट बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७५% बोनस सेयर र कर प्रयोजनसहित २५% नगद गरी कुल १००% लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले लााभंश वितरण प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा लाभांश वितरण गर्ने प्रस्ताव प्रस्ताव पेश हुनेछ । सञ्चालक समितिमा रहेने ५ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीको नियमावली संशोधन एजेन्डा पनि छ ।
सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ भने पुस १६ गते बुक क्लोज गर्नेछ । पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।