काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारणसभा पुस ३० गते बोलाएको छ । कम्पनीले सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले २५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २०% बोनस र कर प्रयोजनसहित ५% नगद लाभांश वितरण गर्न लागेको हो । यस्तै सभामा अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।
यस्तै आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ भने आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्नेछ । पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्