काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आइपिओ सूचिकृत भएको छ । कम्पनीको ६ करोड कित्ता साधारण सेयर (आइपिओ) सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रूपैयाँ १७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई सेयर कारोबार गर्नका MBJC संकेत प्रदान गरिएको छ ।
