×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकसहित तीन कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्योति विकास बैंकसहित तीन कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज शुक्रबार ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यी ३ वटै कम्पनीले सभा तथा लाभांश प्रयोजनको लागि आज पुस ९ गते बुक क्लोज गरेका छन् ।
ज्योतिको सेयर मूल्य समायोजनपछिको भाउ ४०३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । बैंकको ११% बोनस सेयरमा मूल्य समायोजन भएको हो । यसले गत आर्थिक वर्षको नाफाबाट ११% बोनस सेयर र ४.५% नगद लाभांश वितरण गर्दैछ ।
यस्तै एनएमबि लघुवित्तको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले १ हजार ५३ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । कम्पनीको २१.५०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २१.५०% बोनस सेयर र कर प्रयोजनका लागि १.१३% नगद लाभांश वितरण गर्दैछ ।
यता सूर्या लाइफको बोनस सेयर समायोजनपछिको भाउ ६ सय ३८ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको १२.७०% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यस कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्दैछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी