काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा भोलि शनिबार हुने भएको छ । कम्पनीले सभामा २१.४८% बोनस सेयर र कर प्रयोजनका लागि १.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । यस्तै कम्पनीले साधारणसभा र लाभांशका लागि बुक क्लोज पनि गरेको छ ।
नेरुडेले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गरेको हो । मंसिर २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने सक्नेछन् ।