एजिएम नोटिस :
कम्पनी : सेन्चुरी कमर्सियल बैंक
इभेन्ट : साधारणसभा
हुने मिति : पुस ३० गते, शुक्रबार
विवरण :
बैंकले ११औं वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको हो । सभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ । पुस १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
पेस गर्ने प्रस्तावहरु :
गत आर्थिक वर्षको नाफाबाट ५.७५% बोनस सेयर र कर तिर्न ०.३०% नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने ।
बोनस सेयरपछि पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिर्ने ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने ।
एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा, बिहान ११ बजे हुने ।