काठमाडौं । छ्याङदी हाइड्रोपावरले ३०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयर भर्न सक्नेछन् । यस हाइड्रोपावरले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यस्तै, छ्याङदीले ३०% हकप्रद सेयर बिक्रीपछि कायम हुने पुँजीमा अर्को ४०% हकप्रद निष्कासन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।