काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा पुस १६ गते हुने भएको छ । सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ११ बजे हुने भएको हो ।
सभामा कम्पनीले २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सूर्योदय लघुवित्त र वोमी लघुवित्त एक/आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । वोमी र सूर्योदय १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।
सभामार्फत मर्जर समितिले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित हुनेछ । यस्तै, प्रस्तावित बोनस सेयर र वोमी लघुवित्त गाभिएपछि वृद्धि हुने जारी तथा चुक्ता पुँजी अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्