काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार पुस १३ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । आज पुस १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
बैंकले पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे १६औं वार्षिक सधारण सभा डाकेको छ ।सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १३.३०% बोनस सेयर र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि सभामा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्