काठमाडौं । मंसिर मसान्तमा एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । यस फन्डको न्याभ कात्तिकको तुलनामा ९९ पैसाले घटेर ११ रुपैयाँ ३४ पैसा कायम भएको हो । कात्तिक मसान्तमा यसको न्याभ १२ रुपैयाँ ३३ पैसा रहेको थियो ।
सो फन्डको सूचीकृत सेयरमा लगानी रकम पनि २ करोड ५५ लाख ४५ हजार रुपैयाँले घटेर २१ करोड २० लाख रुपैयाँ कायम भएको छ । कात्तिकमा यो फन्डले २३ करोड ७५ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको थियो । हाल यस फन्डले ३५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ३२ हजार ३४२ कित्ता सेयरमा २ करोड ३६ लाख ७४ हजार रुपैयाँ लगानी गरेको छ ।
यो एनआइबीएल सहभागिता फन्डको बैंक मौज्दात पनि घटेको छ । कात्तिकमा ७ करोड ३४ लाख रुपैयाँ बैंक मौज्दात रहेको यो फन्डको मंसिरमा घटेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यसको मुद्दति निक्षेपमा ७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्