काठमाडौं । सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभा बिहिबार (पुस १५) गते हुने भएको छ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० मा भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि 0.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभा तथा लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गरेको छ । पुस २ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्