Skip to content
LAXMI SUNRISE BANK

घलेम्दी हाइड्रोपावरले बोलायो पुस १६ गते वार्षिक साधारणसभा, यस्ता छन् छलफलका विषयहरु

अर्थ सरोकार

काठमाडौं ।  घलेम्दी हाइड्रोपावरको आठौ वार्षिक साधारणसभा पुस १६ गते (शुक्रबार) हुने भएको छ । सभा सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ । यस्तै यो वर्ष पनि लगानीकर्ताको हात रित्तो हुने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । पुस ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK