Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको १४औं साधारणसभा सम्पन्न, ७% लाभांश पारित, कति पुग्यो चुक्ता पूँजी ?

अर्थ सरोकार

काठमाडौं । सनराइज बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहिबार अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा उक्त सभा सम्पन्न गरेको हो ।

सभाले ७% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाहरु एक आफूमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएको अवस्थामा आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चाक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते (एक दिन) बन्द गरेको थियो । यस आधारमा पुस २ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । ६ दशमलव ६५ प्रतिशत बोनस शेयर पारित गरेपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ११ करोड ८८ लाख पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK