काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको हो । कम्पनीले कात्तिक १ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।
कात्तिक १ गतेपछि डिम्याट गर्नेहरुको बोनस पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस सेयर जम्मा हुनेछ ।