काठमाडौं । सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसकारण सोमबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सिभिल बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको ११औं वार्षिक साधारणसभा पुस ३० गते हुनेछ । उक्त सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै रिलायन्स फाइनान्सले गत वर्षको नाफाबाट १५प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीकोे पुस ३० गते वार्षिक साधारण सभा हुने भएको छ । सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्