×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्न ज्योति विकास बैंकले पनि शुक्रबार बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने अन्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाभांश पारित गर्न ज्योति विकास बैंकले पनि शुक्रबार बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने अन्य एजेन्डा

Artha Sarokar

२१ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंकको वार्षिक साधारणसभा पुस २३ गते शुक्रबार हुने भएको छ । बैंकको सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे हुने भएको हो ।
सभामा बैंकले ११% बोनस सेयर र ४.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । अधिकृत पूँजी ५ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सनन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हनेछ । बैंकले सभाका लागि पुस ९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी