Skip to content
LAXMI SUNRISE BANK

लाभांश पारित गर्न ज्योति विकास बैंकले पनि शुक्रबार बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने अन्य एजेन्डा

अर्थ सरोकार

काठमाडौं । ज्योति विकास बैंकको वार्षिक साधारणसभा पुस २३ गते शुक्रबार हुने भएको छ । बैंकको सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे हुने भएको हो ।
सभामा बैंकले ११% बोनस सेयर र ४.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । अधिकृत पूँजी ५ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सनन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हनेछ । बैंकले सभाका लागि पुस ९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK