Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा सूचिकृत कम्पनीलाई साधारणसभा गर्ने चटारो, बिहिबार मात्रै १६ कम्पनीको एजिएम हुँदै

अर्थ सरोकार

काठमाडौं । आज बिहिबार १६ कम्पनीको वार्षिक साधारणसभा हुँदैछ  । बिहिबार साधारणसभा बोलाउनेमा ३ वाणिज्य बैंक, ४ फाइनान्स कम्पनी, ४ लघुवित्त, २ जलविद्युत् समूहका कम्पनी छन् भने एउटा विकास बैंक, इन्भेष्टमेन्ट र होटल समूहका कम्पनी रहेका छन् ।
यीमध्ये ९ कम्पनीको साधारण सभामार्फत लाभांश प्रस्ताव पारित हुँदैछ भने ७ कम्पनीका लगानीकर्ताको हात खालि हुनेछ । यी ७ कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेका छैनन् ।
कृषि विकास बैंक, एनसीसी बैंक, नारायणी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, मानुषी लघुवित्त, मिर्मिरे लघुवित्त, मिथिला लघुवित, सामुदायिक लघुवित्त, मन्जुश्री फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, चन्द्रागिरी हिल्स,राष्ट्रिय वाणिज्य बैंक र एनआरएन इन्फ्रास्ट्रक्चरको आज सभा हुन लागेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK