काठमाडौं । समृद्धि फाइनान्सले २०औं बार्षिक साधारणसभा पौष ३० गते सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय रहेको हेटौंडा, मकवानपुरको होटेल एभोकोडा आर्किड रिसोर्टमा सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीकोे अध्यक्षतामा सम्पन्न भएको हो । सभामा भौतिक र भर्चुअल माध्यमबाट शेयरधनीहरुले सहभागीता जनाएका थिए ।
सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगदप्रवाह विवरण माथि छलफल गर्ने आ.व. २०७७/०७८ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थापक र सर्वसाधरण समुहबाट संचालककको निर्वाचन गर्ने, फाइनान्सको मुख्य कार्यालय परिवर्तन गरि काठमाण्डौ-२८ मा रहेको केन्द्रिय कार्यालयमा स्थान्तरण गर्नेलगाएतका एजेन्डाहरु रहेका थिए ।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।