काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्तको वार्षिक साधारणसभा आज बिहीबार माघ ६ गते हुँदैछ । कम्पनीको सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि रहेको छ ।
अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने एजेन्डा पनि पारित गर्ने छ । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको छ । पुस २६ गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश हात पार्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्