×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५.२५% ले बढ्यो गरिमा विकास बैंकको खुद नाफा, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १४ पैसा हुँदा अन्य सूचक कस्ता ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२५.२५% ले बढ्यो गरिमा विकास बैंकको खुद नाफा, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १४ पैसा हुँदा अन्य सूचक कस्ता ?

Artha Sarokar

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा गरिमा विकास बैंकको नाफा २५.२५% ले बढेको छ । बैंकको खुद नाफा २५.२५% बढेर ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ पुगेको जनाएको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५.२५% ले बढेको हो । खुद ब्याज आम्दानी ३९.४६% र सञ्चालन नाफा २५.१९% ले सुधार भएपछि खुद नाफा वृद्धि भएको हो । गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ ।

यता, दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमाको बैंकको रिजर्भ कोष सामान्य बढेको छ । सहारा विकास बैंकलाई एक्वयार गरी चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढी पुर्याएको छ । गरिमाले सोही पुँजीमा १६% बोनस दिने घोषणा गरेको छ । उक्त बोनस पारित गरी पुँजीकृत भएमा चुक्ता पुँजी थप बढ्ने छ । यस्तै प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी