×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३.२३% ले बढ्यो डिप्रोक्स लघुवित्तको खुद नाफा, प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २ पैसा हुदाँ अन्य सुचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

३.२३% ले बढ्यो डिप्रोक्स लघुवित्तको खुद नाफा, प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २ पैसा हुदाँ अन्य सुचकको अवस्था कस्तो ?

Artha Sarokar

१३ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिप्रोक्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनिको खुद नाफा ३.२३% ले बढेको छ । यसअवधिमा खुद नाफा ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

खुद ब्याज आम्दानी ७.७९% ले बढेर ७१ करोड ३० लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यसअवधिमा यसले ४७ करोड २९ लाख ९९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्ष कम्पनी ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २ पैसा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी