×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.८५% घट्यो एनएमबि लघुवित्तको नाफा, वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

५.८५% घट्यो एनएमबि लघुवित्तको नाफा, वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

Artha Sarokar

१७ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड २५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५.८५% ले घटेको हो । गत वर्ष भने ७ करोड ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी १०.२२% ले बढेपनि सञ्चालन नाफामा ५.४०% गिरावट आउँदा खुद नाफा पनि घटेको हो ।

यस्तै एनएमबि लघुवित्तको चुक्ता पुँजी २१.५०% ले बढेर ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा पनि २८.८१% पनि सुधार हुँदै ३१ करोड ३३ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ । खुद नाफसँगै प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ४० पैसाले घटेको छ । हाल यसको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७८ पैसा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी