काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिनुभयो ।
साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ । सबै मन्त्रालयमा खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको प्रवक्ता खनालले बताउनुभयो । त्यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय गरेको बताइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्