×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा बढ्यो पेट्रोल, डिजल र ग्याँसको मूल्य, नेपालमा पनि बढ्ने संकेत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतमा बढ्यो पेट्रोल, डिजल र ग्याँसको मूल्य, नेपालमा पनि बढ्ने संकेत !

Artha Sarokar

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतमा पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य बढेको छ । भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य बढेको हो । भारत सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको हो ।
यद्यपी भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान गरिएको छ । भारत सरकारले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ बढाएको छ ।
मूल्य वृद्धिपछि भारतमा संसददेखि सामाजिक सन्जालसम्म सरकारको विरोध भइरहेको छ । रुसबाट छुटमा इन्धन किनेपछि किन मूल्य बढाउनुपर्यो भन्दै सांसदहरुले सरकारलाई प्रश्न गरेका छन् । हरेक १५-१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने गरेको छ ।
नेपाल आयल निगमले पछिल्लो पटक २ चैतमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५-५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । यस वृद्धि अनुसार हाल पेट्रोल एक लिटरको मूल्य १५५ रुपैयाँ पर्छ भने डिजल र मट्टीतेलको १३८ रुपैयाँ पर्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी