काठमाडौं । ग्लोबल मनी विकको अवसर धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सोही र्यालीको समापन सत्रमा मन्त्री शर्माले धितोपत्र बजारमा विविध खालको समस्या रहेको बताएका छन् । शर्माले बजारका समस्याको समाधान गर्न उक्त समस्याहरूको समाधान गर्दै बजारको गुणात्मक विकास तथा विस्तारको लागि नयाँ नेतृत्व पठाएको पनि बताए । यसका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यस्तै नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउनुका साथै बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिएका छन् । वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरू लाग्ने हुँदा सर्वसाधारणलाई बुद्धिमतापूर्वक निर्णय लिन समेत आग्रह गरे।
उनले ग्लोबल मनी विक अन्तर्गत सञ्चालन भएका यस्ता कार्यक्रमहरूले लगानीको सुरक्षा तथा वित्तीय क्षेत्रको जानकारी हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको हुँदा वित्त परिचालन गर्ने संस्थाहरूलाई धन्यवादका साथसाथै यस्तो कार्यक्रमहरू तल्लो जनसमूदायसमेत पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । शर्माले ग्लोबल मनी विकको अवसर पारेर नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससि, रेटिङ्ग एजेन्सी तथा मर्चेन्ट बैंकर्स एशोसियसनले प्रकाशन गरेका वित्तीय साक्षरता तथा धितोपत्र बजारसम्बन्धी जानकारीमूलक पूस्तिकाहरूको समेत विमोचन गरेका छन् ।
किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले मार्च २१ देखि २७, २०२२ सम्म विश्व वित्तीय सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा उक्त सप्ताहको अन्तिम दिन बोर्डले वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरीङ्ग लिमिटेड, रेटिङ्ग संस्थाहरू, स्टक ब्रोकर एशोसियसन अफ नेपाल र मर्चेन्ट बैकंर्स एशोसियसन अफ नेपाल, नेशनल बैंकिङ इन्स्टिच्यूट र सम्बद्ध संस्थाहरूको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्