काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १४.२६ अंकले घटेर २५२७.५८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ९१ लाख ९९ हजार ०५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा एनआईबिएल समृद्धि फण्ड -१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । एनआईबिएल समृद्धि फण्ड-१ को सेयरमा यस्तो गिरावट आउँदा मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त र आशा लघुवित्त कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ९१ लाख ९९ हजार ०५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा ग्लोबल आइएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त, हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल टेलिकम, अपि पावर कम्पनी, निफ्रा र अरुण भ्याली हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा इमर्जिङ्ग नेपाल र नेष्डो लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त, जाल्पा लघुवित्त, समता लघुवित्त र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्