काठमाडौं । सरकारले उठायो २० अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आयकरको किस्ता बुझाउने चैत ३० गते अन्तिम दिन सरकारले आयकर, भन्सार महसुल, शिर्षकमा सो बराबरको राजस्व संकलन गरेको हो ।
चालु वर्षको ९ महिना सकिँदा सरकारले ७ खर्ब ८९ करोड राजस्व संकलन गरेको छ । यो अवधिमा सबैभन्दा धेरै भन्सार महसुल र आन्तरिक राजस्व शिर्षकमा उठेको छ । भन्सार महसुल ७ खर्ब र आन्तरिक राजस्व २७ अर्ब राजस्व संकलन भएको हो ।
यस्तै गैरकर शिर्षकमा ६१ अर्ब ४७ करोड राजस्व संकलन भएको छ । सरकारले यो अवधिमा कुल ८ खर्ब ४१ अर्ब राजस्व संकलन गरेको छ । यता ७ खर्ब ९४ अर्ब भने खर्च गरेको छ ।