काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ३२.१८ प्रतिशतले कम हो । अघिल्लो वर्षको अवधिमा बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको यस त्रैमासमा खुद ब्याज आम्दानी २.२४५ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ३७.४४ प्रतिशतले घटेको छ । यस्तै वितरणयोग्य नाफा ४२.३९ प्रतिशतले घटेर ५६ करोड ६४ लाख रुपैयाँमा पुगेको छ ।
निक्षेप संकलन ५.८६ प्रतिशतले घट्दा कर्जा लगानी १०.९५ प्रतिशतले वृद्धि भएको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३५ पैसाले घटेर १४ रुपैयाँ ६२ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २६ पैसा रहेको छ ।