काठमाडौं । वायुसेवा सञ्चालक संघले रात्रीकालीन उडानमा यात्रुहरुलाई सहज हुने वातावरण बनाउन माग गरेको छ । नेपालमा जेठ १ गते देखि लागू हुने गरी अन्तर्राष्ट्रियविमानस्थल २४ सै घण्टा र आन्तरिक विमानस्थलहरु १८ घण्टा सञ्चालनमा आउने भएका छन् ।
यसबाट करिब १५ प्रतिशत उडानहरु रातको ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ । यस कारण रात्रीकालीन उडानका दौरान गन्तव्य विमानस्थलमा पुग्ने यात्रुलाई समस्या हुने भन्दै वायुसेवा सञ्चालक संघ नेपालले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहजीकरण गर्न माग गरेको हो ।
विमानस्थलबाट आउजाउका लागि यातायात व्यवसायी तथा होटलसँग आवश्यक सहजता र समन्वयका लागि संघले माग गरेको हो । अहिले काठमाडौंबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा रात्रीकालीन उडान हुन्छ । संघले यी जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै यस्तो आह्वान गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्