काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा जारी सेयर लगानीकर्ताको आन्दोलनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि एक्यबद्धता जनाएका छन् । बुधबार विहान आमरण अनशन परिसरमा पुगेर शाहले लगानीकर्ताको आन्दोलनमा एक्यबद्धता जनाएका हुन् ।
उनले बाहिर हल्ला चलेजस्तो सेयर बजार बढाउनका लागि लगानीकर्ताको आन्दोलन नरहेको आफुले बुझेको बताउँदै नेप्से घट्यो वा बढ्यो भन्दा पनि सेयर लगानीकर्ताहरुले किन आत्तिएर सेयर बेचे भन्ने विषयलाई नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय वार्तामा बसेर निकास दिनुपर्ने बताएका छन् । ‘नेप्से बढ्यो वा घट्यो भन्दा पनि लगानीकर्ताहरुले किन आत्तिएर बेचे भन्ने कुरा महत्वपूर्ण हो। यसमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय वार्तामा बसेर निकास दिनुपर्छ। ु शाहले भने ।
नेपालमा कसैले पैसा कमायो कि त्यसलाई गलत दृष्टिले हेर्ने प्रवृति भएको बताउंदै उनले लगानीकर्ताका पक्षमा आफुले सकेको गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । झन्डै १५ मिनेट लगानीकर्तासँग बिताएका शाहले लगानीकर्ताको समस्या भनेको सबैको समस्या रहेको बताउंदै यसमा आफुहरु गम्भीर रहेकोसमेत बताएका छन् ।
बालेन्द्र शाह स्वयम् पनि साना लगानीकर्ता हुन् । उनलाई काठमाडौँको मेयरमा जिताउन थुप्रै पूराना सेयर लगानीकर्ताहरुले महत्वपूर्ण भूमिका खेलेका थिए । विशेषगरी पूराना लगानीकर्ताहरु हरि ढकाल, शिव चन्द्र, रोहण कार्की, लगायतले उनको चुनावी अभियानमा गज्जबको सहयोग गरेका थिए ।
लगानीकर्ताको आन्दोलनमा एक्यबद्धता जनाउन आएका शाहले अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्यस्थितिबारे पनि जानकारी लिएका थिए । उनले पूँजीबजार सुधारका लागि जारी लगानीकर्ताको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेकोसमेत जानकारी दिएका थिए । विभिन्न १९ बुंदे माग राख्दै यतिबेला सेयर लगानीकर्ताहरु आन्दोलनमा छन् । बिगत ८ दिनदेखि तिलक कोइराला आमरण अनशनमा बसेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्