काठमाडौं । शुक्रबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ६३ लाख १२ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै शुक्रबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको हो । आधिखोलाको सेयरमा यस्तो गिरावट आउँदा मेगा म्युचल फण्ड-१ ,महुली लघुवित्त,घलेम्दी हाईड्रो लिमिटेड र सन्राइज ब्लुचिप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ६३ लाख १२ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नगदी ग्रुप पावर,लक्ष्मी बैंक,हिमालयन डिस्ट्रीलरी र सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा न्यादी हाईड्रोपावरले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन,राधि विद्युत कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्