Skip to content
LAXMI SUNRISE BANK

नेपाल फाइनान्सको १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामी बिक्री खुल्ला हुने, कहिलेदेखि पाइन्छ भर्न ?

अर्थ सरोकार

काठमाडौं । नेपाल फाइनान्सले १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले असार १७ गतेदेखि गर्ने भएको हो । कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्ने भएको छ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK