काठमाडौं ।साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा उग्र-उछाल आएको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २३० कम्पनीको ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ६४ लाख ३८ हजार ९ सय ५३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यता सेयर बजारमा उग्र उछाल देखिएपछि सेयर होल्ड गर्ने लगानीकर्ताहरु दङ्ग परेका छन् । बजारमा धेरै घाटा भयो भनेर लामो समयदेखि निराश बनेका लगानीकर्ताहरु अन्ततस् सेयर बजार बढेपछि दङ्ग देखिएका हुन् । सावाँ नै कहिले आउने हो कुन्नि रु भन्ने पीरमा रहेका लगानीकर्ताहरु अहिले ‘धैर्य गर्दा त जितिने रहेछु भन्न थालेका छन् । उता बजार आफुले नाकिन्दै वा किन्न नपाउँदै बढेको देखेपछि बजारमा मैं हुँ भन्ने केहि ‘बियर लभर’ लगानीकर्ताहरुमा भने गहिरो तड्पन देखिएको छ । यसरी तड्पिएका लगानीकर्ताहरु अझै बजार माथि नजाने रटान लगाईरहेका छन्।
यस्तै आइतबारको सेयर बजारमा ८.५ % नेपाल इन्भेस्टमेन्ट बैंक डेभेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर २ प्रतिशत भन्दा धेरैले घटेको हो । ८.५ % नेपाल इन्भेस्टमेन्ट बैंक डेभेन्चरको सेयरमा यस्तो गिरावट आउँदा ९.५ %एनसीसी डेभेन्चर २०८६ ,१२% आइसीएफसी फाईनान्स लिमिटेड डेभेन्चर,१२% गुडविल फाईनान्स लिमिटेड डेभेन्चर र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम -२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ६४ लाख ३८ हजार ९ सय ५३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी ,नगदी ग्रुप पावर,नबिल बैंक र शिवम सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा २१ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। जसमा न्यास्नल हाईड्रो पावर कम्पनी, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट,हिमालयन डिस्ट्रीलरी,गुहेशोव्री मर्चेन्ट बैंक एण्ड फाईनान्स र प्रोग्रेशिभ फाईनान्स लगायतका कम्पनीमा पोजेटिभ सर्किट लागेको हो । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्