काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार नेप्से परिसूचक बढेको छ। बुधबारको तुलनामा नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिद बिक्री हुँदा २अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहिबारको सेयर बजारमा ग्लोबल आइएई बैंक डेभेन्चर २०८६/८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्लोबल आइएई बैंक डेभेन्चरको सेयरमा यस्तो गिरावट आउँदा बरुण हाईड्रोपावर,गुराँस लघुवित्त,८.५ % बिओके डेभेन्चर र सिटिजन्स म्युचल फण्ड -२मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी,एशियन लाइफ इन्स्योरेन्स,अरुण काबेली पावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा नेपाल फाईनान्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा मैलुंग खोला जलविद्युत,न्यादी हाईड्रोपावर,आधिखोला लघुवित्त वित्तिय संस्था र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्