काठमाडौं । नेपाल सरकारको ३५ अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । २०८५ “च” नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि ५ अर्ब बराबरको, २०८४ “छ” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब र २०८४ “ज” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब बराबरको गरेर कुल ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
२०८४ “छ” नामक विकास ऋणपत्र वार्षिक ९.१९ प्रतिशत ब्याजदरमा असार ८ गते निष्काशन गरिएको थियो । साथै साँवा भुक्तानी २०८४ असार ८ गते पाइनेछ । त्यसैगरी २०८४ “ज” नामक विकास ऋणपत्रको वार्षिक ९.०२ प्रतिशत ब्याजदरमा असार १५ गते निष्कासन गरिएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते पाइनेछ । त्यस्तै २०८५ “च” नामक विकास ऋणपत्रको वार्षिक ८.४९ प्रतिशत ब्याजदरमा असार २२ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८५ असार २२ गते पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्