काठमाडौँ । प्रविधिको प्रयोग बढेसँगै यसलाई दुरुपयोग गर्नेहरु पनि बढेका छन् । नेपालको बैंकिङले दिनानुदिन फड्को मारिरहेको अवस्थामा पनि पछिल्लो समय दिनहुँजसो विभिन्न खालका ‘अप्रिय’ बैंकिङ घटनाका साक्षी हुनुपरेको छ तपाईं हामी । त्यसमाथि नेपालको पहिलो बैंकका रुपमा रहेको नेपाल बैंक त झन् ‘अप्रिय’ घटनाको ‘अखडा’ नै झैँ भएको छ । केहि समय अगाडीमात्र खाताबाट १८ लाख रुपैयाँ चोरी भएको घटना सेलाउन नपाउँदै, सो बैंकको अर्को घटना बाहिर आएको छ । हो, पछिल्लो समय काण्ड नै काण्डमा विवादित बनेका नेपाल बैंक लिमिटेड पुनः अर्को काण्डमा मुछिएको छ । बैंकको रोल्पा घर्तीगाउँको शाखाबाट एक ग्राहकको खाताबाटै ६ लाख रुपैयाँ गायब भएपछि बैंक पुनः विवादमा तानिएको छ । आफ्नो खाताबाटै पैसा हराएको भन्दै ग्राहक प्रहरीसम्म पुगेपछि यो केसले चर्को रुप लिएको छ । अझ स्थानीय र राष्ट्रिय संचारमाध्यममा पनि यस विषयमा बहस हुन थालेपछि यो घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
भएको के थियो ?
केही दिन अघि नेपाल बैंक लिमिटेडमा बचतकर्ताको जम्मा गरेको ६ लाख रुपैँया अनुमतिबिनै गायब भएको खबर आयो । नेपाल बैंक लिमिटेडको घर्तीगाउँ शाखाबाट एकजना सेवाग्राहीले खातामा रहेको ६ लाख रुपैयाँ साउन २ गते अन्य बैंकको खातामा ट्रान्सफर भएको थाहा पाए । २०७६ सालमा खाता खोलेका उनले मोबाइल बैंकिङ्ग, एसएमएस, एटिएम वा कुनैपनि डिजिटल सेवा लिएका थिएनन् । ५ कक्षासम्म मात्रै पढेका उनले बैंकबाट मोबाइल बैंकिङ्ग लगायतका कुनै पनि सेवा नलिएको बताइएको छ । बरु उनले आफ्नो खातामा पैसा आए नआएको थाहा पाउन एसएमएस सेवाका लागि बेंकमा फारम भरेका थिए ।
ती ग्राहकले साउन २ गते आफन्तलाई नेपाल बैंक लिमिटेडमा रहेको आफ्नो खातामा ५ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए । सोही अनुसार सोही दिन उनको खातामा उनकै साथीले १८ हजार ८ सय रुपैयाँ जम्मा गरिदिएका थिए । तर साउन ३ गते उनको खाताबाट पैसा निकालेको एसएमएस मोबाइलमा आउन थाल्यो । आफ्नो खाताबाट रकम चोरी भएको र बैंकमा रकम नभएको थाहा पाएपछि उनले बैंकमा खबर गरेका थिए ।
तर उनी त्बेयतिबेला अचम्ममा परे जब बैंकले तपाईको नम्बरबाट अर्को बैंक खाता र ईसेवामा पैसा गएको कुरा उनलाई भन्यो । उनले बैंकबाट लिंदै नलिएको सेवामार्फत पैसा अन्त पुगेको थियो । त्यसपछि उनीसँग प्रहरीसम्म पुग्नुको विकल्प थिएन । र उनी प्रहरीसम्म पुगे ।
के भन्छ प्रहरी र बैंक ?
यता जिल्ला प्रहरी कार्यालय कैलालीमा सो घटनाका विषयमा बुझ्दा घटनामा संलग्न भनिएका व्यक्ति हाल सर्लाहीमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र जोशीले बताएका छन् । ‘उक्त घटनाको विषयमा हामीकहाँ कुनैपनि आधिकारिक निवेदन वा उजुरी परेको छैन। मौखिक कुराकानीका आधारमा अनुसन्धान गर्दा बैंकिङ्ग ठगिको अनुमान गरिएको छ’, प्रहरी निरिक्षक जोशीले अर्थ सरोकारसँग भने, ‘हामीले उहाँलाई पैसा ट्रान्सफर भएको भनिएकाहरु अहिले सर्लाहीमा छन् भन्ने जानकारी गराएका हौँ। उहाँले थप प्रक्रिया गर्नुभएन। आधिकारिक रुपमा जाहेरी वा प्रक्रिया चालेको खण्डमा हामीले थप कारबाही अगाडी बढाउने हो ।’

बैंकको रोल्पा घर्तीगाउँ शाखाबाट गायब भएको भनिएको रकम खातावालकै आफन्तकोमा गएको बैंकको दाबी छ । बैंकले मोबाइल बैंकिङ्गको सेवा लिएर त्यसको सुरक्षा गर्न नसकेकै कारणले यो स्थिति आएको बताउँदै बैंक आफ्नो यसमा केहि पनि दोष नभएको दाबी गर्दै पन्छिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्