काठमाडौँ । आजभन्दा २५ वर्षअघि पूर्वबाट तत्कालीन एनआईसी बैंकको पहिलो शाखा विस्तार हुँदा धेरैको प्रश्न थियो-‘नयाँ बैंकले के नै गर्ला र ?’ हुन त सुरुवातीका दिनहरुमा धेरैले यस्तो सोच्नु अन्यथा थिएन । बैंकको प्रगति यहाँसम्म आउन सक्छ भन्ने कुरामा मानिसका फरक-फरक खालका धारणा हुनु स्वभाविक पनि हो । व्यापारिक भिड, अपर्याप्त बैंकिङ्ग साक्षरतासहितको समाज र बैंकको पहिलो शाखा भएकैले लक्ष्य हासिल गर्न बैंकलाई चुनौति हुने नै भयो । त्यो बेला बैंकको पहिलो टिमसँग नम्बर १ बन्नुको कुनै विकल्प थिएन ।
पाँच औँला अलग–अलग रहँदा लाग्ने ‘पञ्जा’को चोटभन्दा सबै औँला मिलेर बनेको ‘मुक्का’को चोट गहिरो लाग्छ । यही तथ्यलाई बुझेको तत्कालीन एनआईसी बैंकको ‘स्टार्टर टिम’ अन्ततः बैंकिङ्ग क्षत्रकै लागि पूरानो बैंकिङको सट्टा नयाँ युगको बैंकिङ सुरु गर्ने ‘कडी’ टिमका रुपमा साबित भयो । बैंकले स्थापनाको दोस्रो वर्ष नै ५ मिलियन घाटा बेहोर्नु परेको थियो । तर पनि बैंकको ‘स्टार्टर टिम’ बिचलित भएन । बरु अझै सशक्त बन्ने अठोटका साथमा बैंकले ग्राहक लक्षित ‘प्रोडक्ट’ ल्याउँदै गयो, फरक फरक स्किम र ग्राहकमुखी सेवा वितरण गर्दैगयो । बिस्तारै ग्राहकको माया र विश्वास कमाउँदै गएको एनआईसी बैंकले बर्षैपिच्छे प्रगतिमा छलाङ्ग मार्न थाल्यो ।
‘सुरुवातमा नयाँ बैंक, नयाँ सेवाका साथमा काम गर्न हामी उत्साहित थियौँ । पहिलो वर्ष त्यही उत्साहका साथमा कार्य सम्पादन गर्दै गयौँ । तर दोस्रो बर्ष नै बैंक घाटामा गयो तरपनि बैंकको नेतृत्व नम्बर १ बन्ने विश्वासमा अटल थियो’, बैंकका एक पूराना कर्मचारी भन्छन्- ‘त्यसबेला हामीलाई बैंकको नेतृत्वबाट ठुलो ढाडस मिलेको थियो । बैंक घाटामा जाँदा पनि हामीलाई त्यो कुराको आभास कहिल्यै भएन । बरु नेतृत्वको विश्वास र संकल्पले काम गर्न थप उर्जा मिलेको थियो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्