काठमाडौँ । सफल त्यो हुन्छ, जसले संघर्षलाई ‘साथी’ बनाउँछ । ‘साथी’ उसैले कमाउँछ, जसले साथित्वको कर्तव्य निर्वाह गर्छ । बैैंकिङ्ग क्षेत्रमा एनआईसी एशिया बैंक ग्राहकको एउटा त्यस्तो ‘साथी’ बन्न सफल भएको छ, जसले साँच्चै ‘साथी’को भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेन, राखेको छैन । र त आज एनआईसी एशिया पूर्वदेखि पश्चिमसम्मका लाखौँ सेवाग्राहीहरुको ‘साथी’ बन्न सफल भएको छ । तर यो सफलताको ताज पहिरिदै गर्दा बैंकलाई नम्बर १ बनाउन टिमले गरेको मेहेनत र त्यसमा ‘लिडर’बनेर प्रमुख कार्यकारी अधिकृतले गरेको अझ ठुलो मेहेनतको कथा कम्ती प्रेरणादायी छैन ।
कर्मचारीप्रतिको विश्वास, बलियो टिम बनाएर काम
एनआईसी एशिया बैंकको स्थापनाकालदेखिको शिलशिलालाई हेर्ने हो भने ४ सीइओ आ–आफ्नो कार्यकालमा बैंकको मेरुदण्डका रुपका स्थापित भए । स्थापनकाल अर्थात वि.सं. २०५४-५५ मा पहिलो सीइओका रुपमा रहेका केआर आईएरले बैंकमा मजबुत ‘जग’ खडा गरे । सीइओको दोस्रो कार्यकाल हाँकेका सशिन जोशीपनि जिम्मेवारी पुरा गर्न कम थिएनन् । उनले पनि आफ्नो कार्यकालमा बैंकलाई राम्रै ‘हाईट’मा पुर्याए । त्यस्तै बैंकको तेस्रो सीइओ लक्ष्मण रिसाल पनि बैंकको लक्ष्य पुरा गर्ने यात्रामा अहोरात्र लागी परे । उनले पनि आफ्नो कार्यकालमा बैंकको ‘पर्फमेन्स’मा उल्लेख्य सुधारमात्रै गरेनन् । बरु बैंकले गरेको प्रगतिमा एउटा नयाँ आयाम थपिदिए ।
हाल बैंकका चौथो सीइओका रुपमा रहेका बैंकका वर्तमान सीइओ रोशन कुमार न्यौपाने एनआईसी एशिया बैंककोमात्र होइन समग्र बैंकिङ क्षेत्रको ‘पिल्लर’का रुपमा स्थापित भएका छन् । न्यौपाने आफ्नो लक्ष्य र काममा मात्र होईन बैंकका कर्मचारीका सवालमा पनि निकै ‘सेन्सिटिभ’ छन् । संस्थाको प्रगतिमा ठुलो हात कर्मचारीकै हुन्छ भन्ने यथार्थलाई बुझेका न्यौपानेले बैंकका कर्मचारीहरुलाई बलियो ‘अस्त्र’का रुपमा लिँदै आएका छन् । एक थुकी सुकी, सयौँ थुकी, नदी भनेझैँ, सीइओ टिममा विश्वास गर्छन् । हुन त उनको स्कुलिङ नै बलियो थियो । चार्टड एकाउन्टेन्टसमेत रहेका न्यौपानेले सिए पढ्दा नै व्यवस्थापनको अब्बल तरिका सिकिसकेका थिए ।

‘स्ट्राटिजि’मा सधैँ अब्बल
रोशन न्यौपानेको काम गराई सार्है लोभलाग्दो छ । सीइओ न्यौपानेको काम गराई मात्र होईन, उनको ‘स्ट्राटिजि’को अन्य बैंकका कर्मचारीहरु पनि तारिफ गर्छन । दुरगामी ‘भिजन’ भएका न्यौपानेले आफ्नो त्यही ‘स्ट्राटिजि’का कारण छोटो समयमा बैंकलाई ठुलो उपलब्धि हासिल गराएका छन् । आर्थिक वर्ष २०७४-७५ सालमा सीइओका रुपमा नियुक्त भएका न्यौपानेले आफ्नो कार्यकालको ४ वर्षमै बैंकको ‘पर्फमेन्स’लाई झण्डै पाँच गुणा बढीले माथि उकासेका छन् । न्यौपाने सीइओमा नियुक्त हुनुपूर्व बैंकको सेवा ६,०१,८०८ ग्राहकसम्म पुगेको थियो । पछिल्लो ४ वर्षमा उनै न्यौपानेको ‘स्ट्राटिजि’को नतिजा आज बैंकबाट प्रत्यक्ष रुपमा सेवा लिने सेवाग्राहीको संख्या २७,९७,३६५ पुगेको छ । ग्राहकको संख्यामा मात्र होइन न्यौपानेको दुरगामी ‘स्ट्राटिजि’को प्रभाव बैंकको निक्षेप संकलन, कर्जा प्रवाह र नाफामा समेत परेको देखिन्छ । न्यौपाने बैंकको स्तर उकास्नमा त अब्बल नै छन् साथै बैंकको ‘ब्राण्डिङ्ग’मा समेत उनको योगदान तारिफयोग्य छ । तर बैंकलाई यहाँसम्म ल्याउन, रोशन न्यौपानेले गरेको मेहेनत उनको टिमबाहेक जो कसैले देखेका छैनन् ।

सोच नै ठुलो
यो पंतिकारलाई याद छ, रोशन न्यौपाने भन्थे- ‘अरुले १०० सोच्दा हामीले २०० होइन २००० सोच्नुपर्छ।’ त्यतिबेला नै यो पंतिकारलाई दिमागमा परेको थियो, ‘हैट ! सोच त ठुलै राख्ने रहेछन् सीइओ सापले।’ उनका साथीहरु कहिलेकाहिं सुनाउँछन्, ‘न्यौपानेको सोच र अरुको सोचको ग्याप नै ठुलो छ । र त त्यहि सोचले आज बैंक नम्बर १ बनेको छ ।’ बैंकिङ्ग क्षेत्रमा ‘नम्बर १’ बन्ने ठुलो सोच बनाएको एनआईसी एशियाका बर्तमान सीइओ रोशन कुमार न्यौपाने पनि ठुलै सोचका ‘सागर’ हुन् । आर्थिक वर्ष २०७४-७५ मा न्यौपानेले बैंकमा सीइओको कार्यभार सम्हाल्दा बैंकको नाफा १,४७६ मिलियन थियो । सोही समय न्यौपानेले ठुलो सोच राख्दै बैंकको नाफामा दोब्बरले बढोत्तरी गर्ने प्रण गरे । नभन्दै आफ्नो कार्यकालको चौथो वर्षमै एनआईसी एशियाको नाफा ३,२५९ मिलियन पुग्यो । बैंकको सेवालाई देशभरका कुनाकुनासम्म पुर्याउने बृहत सोच बोकेर बैंकिङ्ग यात्रामा होमिएका सीइओ न्यौपानेले ४ वर्षमै एनआईसी एशिया बैंकको शाखालाई सुगम काठमाडौँदेखि बिगट मुगुसम्म विस्तार गरेका छन् ।

दैनिक १६ घण्टासम्म काम गर्छन् सीइओ
धेरैलाई लाग्दो हो, सीइओ भनेको १० बजे अफिस जाने, ५ बजे फर्किने हो । सबलाई काम अर्हाउने हो, रेडी भएको फाइलमा सहि गर्ने हो, तलव पकाउने हो । तर यथार्थ यो सोचाईभन्दा धेरै फरक छ । एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपाने दैनिक १६ घण्टाभन्दा बढी काम गर्छन् । उनको दैनिकी भनेकै ‘बैंक’ बनेको छ, मानौँ ‘उनी जागिर गर्दै छैनन्, बरु एउटा विशाल लक्षका कमाण्डर बनेर अन्तिम युद्ध लडिरहेका छन् । बैंकिङ्ग क्षेत्रको प्रगतिको ग्राफमा एनआईसी एशिया बैंक सफलताको शिखरमा पुग्दैगर्दा उनले हरेक पाइलामा अनेकखालका ठेस व्यहोरेका छन् । जति सहज दैनिकी बाहिर देखिएको छ, उस्तै ‘आगो’ मेहेनत छ न्यौपानेको काम गराईमा ।

मोटिभेसन किङ, तर काममा ‘नो कम्प्रमाइज’
यसो त एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेलाई धेरैले ‘मोटिभेसन किङ’ भन्छन् । धेरैका लागि उनी बोसभन्दा बढी ‘लिडर’ हुन् । सफलताको लक्ष लिएर दाई बनेर सहयोग गर्न, भाई बनेर काम लिन, अभिभावक बनेर काम अर्हाउन, साथी बनेर साथ दिन सबै कुरामा माहिर छन् न्यौपाने । उनको यहि कलाले अन्तत: बैंकलाई सफल बनाईरहेको छ । काममा कुनै ‘कम्प्रमाइज’ नगर्ने न्यौपाने गतिमा विश्वास गर्छन् । उमेरले ‘कान्छा’ भए पनि सोचले सार्है पाका छन् न्यौपाने । र त काम राम्रो गर्नेलाई प्रोत्साहन दिने न्यौपाने काम नगर्नेका लागि कहिले पनि आफ्नो बनेनन् । उनको यहि काम गर्ने फरक तरिकाले आज उनले लिड गरेको बैंक नम्बर १ बैंक बन्न सफल भएको छ ।