×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू बैंक र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता, ग्राहकहरुले रिसोर्टको सेवामा १० प्रतिशतसम्म छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू बैंक र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता, ग्राहकहरुले रिसोर्टको सेवामा १० प्रतिशतसम्म छुट पाउने

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशतको छुट पाउने भएका छन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी