×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गण्डकी गोल्डेन ब्रिज’ घुम्ने पर्यटकको संख्या बढेसँगै कुश्माको व्यापारमा वृद्धी, राम्रो आम्दानी भएपछि मख्ख बने व्यापारी

PRIME CA

‘गण्डकी गोल्डेन ब्रिज’ घुम्ने पर्यटकको संख्या बढेसँगै कुश्माको व्यापारमा वृद्धी, राम्रो आम्दानी भएपछि मख्ख बने व्यापारी

२७ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो समय ‘कुश्मा’ साहसिक पर्यटकको मुख्य केन्द्रबिन्दुको रुपमा स्थापित भएको छ । साहसिक खेल ‘बन्जी जम्प’ गर्न दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्मा पुग्ने गर्दछन् । विश्वकै दोस्रो अग्लो ‘बन्जी जम्प’ गर्नका लागि अहिले यसतर्फ धेरैको आकर्षण बढेको छ । यसले पनि कुश्माको व्यापारमा वृद्धि गरेको स्थानीयहरु बताउँछन् ।

यसो त विश्वकै सबैभन्दा लामो दाबी गरिने झोलुङ्गे पुलपनि यहीँ पर्छ । करिब ५६७ मिटर लम्बाई रहेको ‘गण्डकी गोल्डेन ब्रिज’ घुम्ने पर्यटकको संख्यापनि पछिल्लो समय बढ्दो छ । ‘अहिले प्राय दिनभरी नै पुल भरिरहन्छ । चहलपहल बिहानैदेखि सुरु हुन्छ । टिकटक बनाउने, फोटो खिच्नेहरु पुलभरी भेटिन्छन् ।’ एक स्थानीयले भने -‘पुल घुम्ने पर्यटकको संख्या बढेसँगै यहाँको व्यापारमा पनि वृद्धी भएको छ । अहिले कुश्मा बजारका होटलहरु प्राय सबै भरिभराउ नै भेटिन्छन् ।’

कोरोना कहरले थलिएको कुश्मा बजारको व्यापार पछिल्लो समय बन्जी जम्प र पुलले बढाएको कुश्मा बजारमा होटल व्यवसाय गर्दै आएका स्थानीय व्यापारी हरिदत्त पन्तले बताए । ‘दिनभरी पसल कुर्नुपथ्र्यो, ग्राहक हुँदैन थिए’, उनले भने, ‘अहिले त दिनभरी नै पसल प्राय भरिभराउ हुन्छ । दैनिक व्यापारमा पनि वृद्धी भएको छ ।’

बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका १ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: