काठमाडौँ । पछिल्लो समय चीनले लगानी गरेका विभिन्न देशहरुमा आर्थिक मन्दीको प्रभाव परिरहेको छ । यस्तो बेला अव चीनले ऋण उठाउन नै जोडबल गर्ला वा भारत र अमेरिकाजस्तै सो ऋणलाई सहयोग वा अनुदानमा परिणत गर्ला भन्ने चासो चौतर्फी छ । चीनले यदि उसले लगानी गरेका बिकसित वा कम बिकसित राष्ट्रहरुलाई सहयोग नगरे, चीनप्रति विभिन्न प्रश्नहरु उठ्ने पक्का छ । यसले विश्वभर भईरहेको आर्थिक मन्दीमा उसको सहयोग छैन भन्ने देखाउन सक्छ ।
चीनले लगानी गरेका विभिन्न देश अहिले आर्थिक समस्यामा छन् । नेपाल पनि यसको उदाहरण हुन सक्छ । चीनले लगानी गरेको पोखरा विमानस्थलको ऋण नेपालले तिर्न सक्ने अवस्था देखिंदैन । यस्तो अवस्थामा चीनले नेपाललाई सहयोग गर्छ वा ऋणका लागि प्रेसर दिएर कुटनीतिक सम्बन्ध बिगार्छ भन्ने कुरा अव महत्वपूर्ण हुँदैछ । चीनको ऋणका कारण डुबेको देशमध्ये एक श्रीलंका पनि हो । चीनकै ऋणका कारण अरु देश पनि श्रीलंकाजस्तै टाँट पल्टिने खतरा देखिएको छ ।
सबैजसोले बुझेको सत्य यहि हो कि, चीनले सिकारझैं ऋण दिन्छ । ऋण तिर्न नसके उसले त्यहाँ कुटिल खेल खेल्छ र झनै ऋणको पासोमा पार्छ । अहिले झन्डै चीनको ऋण लिएका १५० राष्ट्रहरुमध्ये धेरैले चीनको सर्तमा ऋण चुक्ता गर्न सक्दैनन् । चीनलाई पैसाको खाँचो नभए पनि उसले ऋणका नाममा राजनीति गरिरहेको छ । विश्वका गरिबहरुलाई सहयोग गर्ने दाबी गर्दै चीनले उनीहरुको शोषण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्