काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको पाँच वर्ष भइसकेको छ । खेत जोत्न उनी अचेल ‘पावर टिलर’को प्रयोग गर्छन् । उनको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आएका उनले अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्छन् ।
“अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्न प्रविधिको प्रयोग बढेसँगै काम गर्न धेरै सजिलो भएको छ”, उनले भने । प्रविधिको प्रयोगले आफूलाई मात्र नभए धेरै कृषकलाई सहज भएको चौधरीको भनाइ छ ।
कुरेरुवा कृषक समूहमा आबद्ध उनले कृषि ज्ञान केन्द्रको अनुदानमा कृषियन्त्र खरिद गरेका हुन् । यहाँका किसानसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्न हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन् । “धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न उपकरणको प्रयोग गर्छौं”, उनले भने, “कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।”
यस्तै शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालेकि छिन् । “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश किसानले कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उनले भनिन्, “यसले समयको बचत गर्नुका साथै उत्पादन पनि बढेको छ ।”
जनशक्ति, लागत र समय कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोगले यहाँका किसान कृषि पेसामा आत्मनिर्भर हुन थालेका छन् ।
“पहिले परम्परागत तरिकाले खेती गर्दा जनशक्ति र लागत बढी लाग्ने र उत्पादन कम हुन्थ्यो । अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्न थालेपछि कम लागतमा बढी उत्पादन हुने गरेको छ”, अनिलाले भनिन् । गाउँमा काम गर्ने उमेरका युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तथा शिक्षाका लागि सहर पस्ने गरेकाले कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन थालेको उनको भनाइ छ ।
भएका जनशक्तिको दैनिकी ज्याला पनि महङ्गो हुन थालेको अवस्थामा कृषि यान्त्रीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको किसान चेतराज चौधरीले बताए। “विगतको जस्तो काम गर्ने जनशक्ति गाउँमा छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज बनाएको छ । पहिला खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक÷दुई सातामै सकिन्छ”, उनले भने ।
जिल्लामा कृषि क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । “कृषि कर्ममा प्रयोग हुने नयाँ नयाँ यन्त्र तथा उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ”, उनले भने, “किसानले व्यक्तिगत रूपमा किनेर वा अनुदानमा प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गरेका छन् ।”
उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँका किसानले कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्