Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापकले अब ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने

अर्थ सरोकार

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी जिसस थापाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक थापाले आफ्नो नाममा रहेको ४५ हजार २१३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

यसमा माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK