काठमाडौँ । समयमा क्लाइण्टबाट पैसा लिने तर मिडियालाई किस्ताकिस्तामा मात्र पैसा दिने बानीझैं परेको एएनएस क्रिएसनले पुन: पैसा नै नभएको चेक दिएर मिडियालाई गुमराहमा राखेको पाइएको छ । विज्ञापनवापतको भुक्तानी दिनुपर्ने रकम समयमा नदिने गरेको सो कम्पनीले दिएको चेकसमेत पैसा नभएर बैंकबाट फिर्ता आएपछि यतिबेला मिडिया संचालकहरु वाक्कदिक्क भएका छन् ।
यस्तै घटना सोमबार भएको छ । कम्पनीको एक क्लाइन्टको विज्ञापन गरेवापत कम्पनीले दिएको चेक पैसा नभएर फिर्ता मात्र भएको छैन, पैसा हालिदिईसक्यौँ, चेक पठाउन सक्नुहुन्छ भन्दैसमेत झुट बोलेर कम्पनीले दुख दिईरहेको पाइएको छ ।
घटनाबारे बुझ्न हामीले कम्पनीका अधिकारी देवेन्द्र कार्कीलाई फोन गरेका थियौँ । उनले आफुहरुले पैसा नभएको चेक दिएको स्वीकार्दै अव पैसा हालिसकिएको दाबी गरे । प्रचलित कानुन अनुसार पैसा नभएको चेक जानीजानी दिनुलाई कसुरजन्य कार्य मानिन्छ ।
यता नेपाल विज्ञापन एजेन्सी संघ (आन)का अध्यक्ष सोम धितालले भने यस्तो पैसा नभएको चेक कुनै पनि विज्ञापन एजेन्सीले दिएको खण्डमा आनमा उजुरी गर्न सकिने र उजुरी परे कारवाहीसमेत हुने बताएका छन् । ‘आनमा लिखित उजुरी दिनुस्, हामी कारवाही गर्छौं । कारवाहीमात्र होइन पैसा नै उठाईदिन्छौं ।’
स्मरण रहोस्, एएनएस क्रिएसन त्यहि कम्पनी हो, जो विज्ञापन चोरी गरेर बनाउने मामलामा देशमा राष्ट्रियस्तरमै बदनाम छ । यो कम्पनीले डिस होम लगायतका विभिन्न कम्पनीको विज्ञापन चोरी गरेर बनाएको पाइएपछि अहिले डिसहोमले सो कम्पनीको साथ नै छोडेको छ । यतिमात्र होइन, सो कम्पनी चलाउने संचालकले स्तुतीमार्टका लागि लिएको ऋण लिने क्रममा अडिट रिपोर्टमा छाप नै नभएको भन्दै एक फाइनान्स कम्पनीमा आन्तरिक लेखापरीक्षकले कैफियत देखाएका थिए ।
पछिल्लो समय डिस होम लगायतका ठुला क्लाइन्टले साथ छोडेपछी यतिबेला एएनएस क्रिएसन समस्यामा छ । एनसेलमा यहि कम्पनी अन्तिम ३को सूचीमा परे पनि कम्पनीको छवि विवादित भएको देखिएकोले के गर्ने भन्ने विषयमा एनसेलले समेत एएनएस क्रिएसनलाई काम दिने विषयमा फाइनल गर्न सकेको छैन । यो कम्पनीले मिडियासँग गर्ने करारमा पनि अपव्याख्या गर्न मिल्ने ठाउँहरु राख्ने र त्यसैलाई देखाएर पटक पटक दुख दिने काम गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्