काठमाडौं । जीई एयरस्पेसले भारतीय वायुसेनाका लागि लडाकु जेट इन्जिनहरू उत्पादन गर्न हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) सँग एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त राज्य अमेरिकाको आधिकारिक राजकीय भ्रमण र दुई देशबीचको रक्षा सहयोगलाई सुदृढ पार्ने मुख्य तत्वका रुपमा यसलाई कोसेढुंगा भएको बताइएको छ ।
सम्झौतामा भारतमा जीई एयरोस्पेसको एफ४१४ इन्जिनको सम्भावित संयुक्त उत्पादन समावेश छ, र जीई एरोस्पेसले यसका लागि आवश्यक निर्यात प्राधिकरण प्राप्त गर्न अमेरिकी सरकारसँग काम गर्न जारी राखेको छ । यो प्रयास भारतीय वायुसेनाको लाइट कम्ब्याट एयरक्राफ्ट एमके२ कार्यक्रमको एक हिस्सा हो ।
‘यो भारत र एचएएलसँगको हाम्रो लामो समयदेखिको साझेदारीले सम्भव भएको ऐतिहासिक सम्झौता हो ।,’ जीईका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत र जीई एयरोस्पेसका सीईओ एच लरेन्स कल्प जुनियरले भने, ‘हामी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री मोदीको दुई राष्ट्रहरू बीचको निकट समन्वयको दृष्टिकोणलाई अगाडि बढाउन भूमिका खेल्न पाउँदा गर्व गर्छौं । हाम्रा एफ४१४ इन्जिनहरू अतुलनीय छन् र हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको सैन्य फ्लीटको आवश्यकताहरू पूरा गर्न उच्च गुणस्तरको इन्जिनहरू उत्पादन गर्न मद्दत गर्ने भएकाले दुवै देशका लागि महत्त्वपूर्ण आर्थिक र राष्ट्रिय सुरक्षा लाभहरू प्रदान गर्नेछ ।’
जीई एयरोस्पेसले इन्जिन, एभियोनिक्स, सेवाहरू, इन्जिनियरिङ, निर्माण, र स्थानीय सोर्सिङलगायत उद्योगमा व्यापक संलग्नताका साथ चार दशकभन्दा बढी समयदेखि भारतमा सञ्चालन गरेको छ । भारतमा सम्भावित नयाँ कामको अतिरिक्त, हाल एफ४१४ इन्जिनमा कामलाई समर्थन गर्ने धेरै अमेरिकी सुविधाहरूले आजको घोषणाको परिणाम स्वरूप थप मात्रा देख्नेछन् ।
५० लाख भन्दा बढी उडान घण्टा र आठ राष्ट्रहरूसँग एफ४१४–संचालित विमान सञ्चालनमा वा अर्डरमा यसले विश्वसनीयता र उडान समयको लक्ष्यहरू पार गरिरहेछ । आज सम्म, १६ सयभन्दा बढी एफ४१४ इन्जिनहरू विश्वव्यापी रूपमा डेलिभर गरिएका छन् ।