×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध मुद्रासहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अवैध मुद्रासहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ

Artha Sarokar

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रूपमा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको हजारौँ चिनियाँ युआनसँगै एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

१ सय दरको १ हजार थान गरी जम्मा १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरिएको हो ।

एयर चाइनाको उडानबाट चीनको छेन्दु जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा पक्राउ गरिएको हो । जाँचपासका क्रममा उनको झोलाबाट अवैध रुपमा लैजाँदै गरेको हजारौँ चिनियाँ युआन फेला परेको थियो ।

पक्राउ पछि होङगलाई थप अनुसन्धान एवम् कार्वाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी