Skip to content
LAXMI SUNRISE BANK

समाचार खण्डन सम्बन्धमा

अर्थ सरोकार

नेपाल न्युज बैंक समाचार एजेन्सीले पठाएको समाचार अर्थ सरोकारमा प्रकाशन / प्रशारण हुँदा झन्डै ४ महिना पछि तपाईंको खण्डन आयो । समाचारको आधिकारिक स्रोत हामी नभएकाले हामीले यस विषयमा नेपाल न्युज बैंकसँग पत्राचार गर्यौँ । समाचार एजेन्सीबाट आएको समाचारमा खण्डन हामीले प्रकाशन गर्नुपर्ने हो वा सम्बन्धित एजेन्सीले गर्नुपर्ने हो भन्ने विषयमा प्रेस काउन्सिल नेपालको रायसमेत लियौँ । तर प्रेस काउन्सिल नेपाल र नेपाल न्युज बैंकको कुनै राय नआएको अवस्थामा समाचारको खण्डन गर्न पाउने खण्डनकर्ताको अधिकार सुनिस्चित होस् भनेर यो खण्डन प्रकाशित गरिएको छ ।

बाँकी हाम्रो भन्नु,
१. समाचारको प्रथम स्रोत हामी होइनौं । यो अन्तर्वार्ता नेपाल न्युज बैंकबाट आएको हो । हामी नेपाल न्युज बैंक नामक समाचार एजेन्सीका ग्राहक हौँ । खासमा खण्डन प्रकाशन गर्नुपर्ने दायित्व नेपाल न्युज बैंकको हो, तर हामीकहाँ प्रकाशित भएको समाचारका विषयमा खण्डन आएपछि र समाचार स्रोत र काउन्सिलको समेत कुनै राय नआएपछि खण्डनकर्ताको अधिकारको सम्मान गर्दै हामीले खण्डन जस्ताको त्यस्तै प्रकाशित गरेका छौँ ।
२. खण्डनमा भिडियो डिलिट गर्न माग गरिएको छ । प्रेस काउन्सिलद्वारा जारी पत्रकार आचारसंहितामा पोष्ट डिलिट गर्न नहुने उल्लेख छ । त्यसैले खण्डनकर्ताको मागको सम्मान गर्दै र प्रचलित कानुनको समेत सम्मान गर्दै हामीले भिडियो प्राइभेट गरेका छौँ ।
३. सो अन्तर्वार्ताको स्वतन्त्र विश्लेषण गर्दा पहिला आरोप लगाउनेले नेपाल न्युज बैंक एजेन्सीमा गई आफ्नो कुरा राखेको देखिन्छ । पछि आरोप लगाउने र आरोपितबीच सम्झौता भएपछि मात्र मिडियामा खण्डन आउनुले मिडियालाई बीचमा पार्न खोजेको बुझ्न सकिन्छ । आरोप लगाएर अन्तर्वार्ता दिनेले पनि अर्थ सरोकारलाई फोन गरी, ‘त्यो अन्तर्वार्ता हटाएमात्र मलाई पैसा फिर्ता दिन्छु भनेका छन्’ भन्नु यो तथ्यको उदाहरण हुन सक्छ । व्यक्तिगत लेनदेन हो भने त्यसमा मिडिया बीचमा पर्नु हुँदैन भन्ने ठानेर हामीले प्रचलित कानुनको अधीनमा रही गर्न सक्ने गरिदिएका छौँ । उहाँहरुको लेनदेन हो भने, मिलोस् भन्ने कामना पनि छ ।
४. हाम्रो समाचारको उद्देश्य कसैको चरित्रहत्या गर्ने वा कसैलाई लान्छाना लगाउने हुनै सक्दैन, हुँदैन । हामी जिम्मेवार मिडिया हौँ । हाम्रो तर्फबाट यस्तो कुरा कल्पनासमेत गर्न सक्दैनौँ । समाचार एजेन्सीले पठाएको न्युज उसले तयार गर्दा सबै कुरा हेरिएको हुन्छ भन्ने मान्यता हो । यदी त्यस्तो नभएको भए र हाम्रो समाचारका कारण कसैलाई ठेस पुगेको भए, त्यसमा हामी दु:ख प्रकट गर्दछौँ । आउने दिनमा समाचार एजेन्सीको समाचार प्रकाशन गर्दा पनि ख्याल गर्नुपर्ने सन्देशलाई हामीले सकारात्मक रुपमा लिएका छौँ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK